काठमाडौं, २८ जेठ
वृहत्तर व्यापारिक समूह गठन गरी व्यापारमा विविधिकरण गर्दै अघि बढ्ने प्रणसहित शनिवार काठमाडौंमा स्काई ग्रुप नामक संगठन गठन भएको छ । ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवालले छरिएर रहेको पुँजीलाई एकत्रित गरेर लगानीलाई व्यापक पार्नु मुख्य उद्देश्य रहने बताए ।
यस्तै ग्रुपका प्रमुख सल्लाहकार युवक राजभण्डारीले देशभरका उद्यमी व्यवसायीलाई एकै समूहमा समाहित गर्दै अघि बढ्ने बताए । उनले धेरै क्षेत्रका अनुभवी व्यक्तिहरूको संलग्नताले ग्रुप मजबूत भएको बताए ।
ग्रुपका सञ्चालक शिवप्रसाद मानन्धरले हार्डवेयर व्यवसायलाई प्राथमिकतामा राखेर सुरु गर्न लागिएको कम्पनीले भविष्यमा हाउजिङ्ग, रियल इस्टेट, अटोमोबाइल, र अन्य सम्भावित उद्योगहरुमा लगानी गर्ने लक्ष लिएको बताए ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंंघका अध्यक्ष रवी सिंह, वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, सल्लाहकार विकास बज्राचार्य, सल्लाहकार अजय पाण्डे, सञ्चालक अनिल साह, प्रमुख कार्यकारी अधिकृत उमेश बरालले ग्रुपको आवश्यकतमाथि चर्चा गरे ।
भक्तपुरका प्रतिष्ठित व्यापारीहरूको सामूहिक प्रयासमा सुरु भएको स्काई ग्रुपले देशका विभिन्न व्यापारिक केन्द्रका स्थापित व्यवसायीलाई समावेश गरी ग्रुप बनाएको हो । ग्रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, भरतपुरलगायत स्थानका करिब एक सय व्यवसायी सहभागी छन् ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |