प्रदेश सरकार मतहतमा रहेका अधिकांश स्वास्थ्य संस्थाहरू लथालिङ्ग भएको स्थानीय सरकारका प्रतिनिधिहरूको आरोप छ । संघीय सरकारको व्यवस्थापन तथा अधिकार क्षेत्रभित्र रहेका जिल्ला अस्पतालहरू प्रदेश सरकारले आफ्नो माताहातमा ल्याउने बित्तिकै लथालिङ्ग भएको, दरबन्दी कटौती भएको लगायतका समस्या भएको स्थानीय सरकार प्रमुखहरूले गुनासो गरेका हुन् ।
नलगाड नगरपालिका जाजरकोटका नगरप्रमुख डम्बर रावतले जाजरकोटको ५० शैय्याको अस्पतालको दरबन्दी काटेर डोल्पा , हुम्ला र मुगुका १५ शैय्याका अस्पतााल बराबरको दरबन्दी पठाएको बताए । उनले भने, ‘सुर्खेतको मेहलकुनास्थित ५० शैय्या को अस्पताल बराबरकै दरबन्दी जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा थियो, अहिले दरबन्दी काटेर १५ शैय्या बराबरको बनाइएको छ । यसरी कसरी चल्छ ?’ उनले प्रश्न गरे ।
यस्तै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले पटकपटक समस्याका विषयमा कुरा उठाए पनि सुनुवाइ नभएको भन्दै अब आफू नबोल्ने बताए । नवनिर्बाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालनका लागि आयोजना गरिएको अभिमुखीकारणमा स्थानीय सरकारका प्रमुखले मुख्यमन्त्री जीवनबहदुर शाही र अन्यमन्त्रीहरुलाई यस्तै प्रश्न गरेर हैरान बनाए ।
स्थानीय सरकारका प्रमुखबाट आलोचना खेपेका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने क्रम्मा प्रदेशसभा सदस्य समक्ष जवाफ फर्काएका थिए । ‘सबै काम प्रदेशले गरौँ भनेर तपाईहरू भन्नुहुन्छ, उता स्थानीय सरकारका प्रमुखले के भन्नु भयो सुन्नु भयो नी ?,’ उनले प्रश्न गरे, ‘घाँटी हेरेर हाड ल्ने काममा लाग्ने की भन्ने हो । तपाईहरू सबै काम प्रदेशले गर्नुपर्छ भन्नुहुन्छ तर गरेका काम लथालिङ्ग भइसक्यो भन्ने रिर्पोट आएको छ ।’
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |