धादिङ, २५ जेठ
धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा गएराती जिप र ट्रक ठोक्किँदा जिप चालक सहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय अनिस बोगटी रहेका छन् ।
गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा गल्छिस्थित अम्बेभरोसा अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको प्रहरी चौकी गल्छीले जनाएको छ ।
चितवनबाट काठमाण्डौ आउँदै गरेको ना ५ च २६८३ नम्बरको जिप ओभरटेक गरेर अगाडी जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ९७७७ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।
गएराती पौने ३ बजे भएको सवारी दुर्घटनालगतै सम्पर्क बिहिन भएका ट्रक चालकको खोजी भइरहेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |