काठमाडौं, ८ जेठ ।
नेकपा (माओवादी केन्द्र) ले ११९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये ११९ पालिकामा माओवादीले जित निकालेको हो ।
मतगणना सम्पन्न भएका पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेपछि सबैभन्दा बढीमा माओवादीका उम्मेदवारले जितेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका स्थानमा कांग्रेसले ३११ र एमालेले १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।
हाल मतगणना भइरहेका पालिकामध्ये दुई वटामा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । आयोगले गत वैशाख ३० गते देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |