पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ।
हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ।
तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ। प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ। हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने तिकित्सकहरु बताउँछन्। तर पानी कति बेला र कति खाने त्यो भने जान्नुपर्छ। चिकित्सकका अनुसार खाना खाने क्रममा पानी पिउनु हुँदैन। यसो गर्नाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ। जून मानिसले खाना खाएपछि तत्काल पानी पिउँछ, उसलाई विभिन्न समस्या हुन सक्छ।
खाना खाएको कति समयपछि पानी पिउने
स्वास्थ विशेषज्ञका अनुसार खाना पचाउन करिव २ घण्टाको अवधि लाग्छ। यहीबीच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्छ। त्यसैले खाना खाएको करीव ४५ देखि ६० मिनेटपछि मात्र पानी पिउनु पर्छ र खाना खानु आधा घण्टा पहिले पानी पिउनु पर्छ।
सही समयमा पानी पिउनुका फाइदा
खाना खाएको एक घण्टापछि पानी पिउनाले वजन नियन्त्रण हुन्छ।
सही समयमा पानी पिउनाले पाचन राम्रो हुन्छ, पाचन तन्त्र बलियो हुन्छ।
पेटमा ग्यास र एसिडिटीको समस्या हुँदैन।
शरीरले भोजनमा समावेश पोषक तत्व राम्रोसँग अवशोषित गर्छ।
सही समयमा पानी पिउनाले राम्रो निद्रा लाग्न पनि सहयोग पुर्याउँछ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
pratyushdainik@gmail.com
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |