तुलसीपुर (दाङ), १४ मङ्सिर ।
पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण सुरु भएको छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो । साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ ।
शारदा निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष रु एक करोड ४० लाख र चालु वर्षमा रु एक करोड ८२ लाख पेश्की प्रदान गरिएको छ । “अहिले पर्याप्त बजेट छैन, ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम सुरु गरेको छ”, उहाँले भन्नुभयो ।
हाल गहतेखोलाबाट आठ दशमलव आठ किलोमिटरसम्मलाई स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाइने छ भने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ । उक्त सडक स्तरवृद्धिका लागि रु १६ करोड ५० लाखमा सम्झौता भएको छ । उक्त सडकको बिहीबार लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले अनुगमन गर्नुभयो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |