काठमाडौँ, १४ असोज
काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण रु तीन करोड बराबरको क्षति भएको छ ।
पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ । बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिनुभयो । अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ ।
चार वर्षदेखि यहाँ थोक पसल चलाइरहनुभएका गोपाल कटुवालले दसैँका लागि रु २० लाखको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताउनुभयो । बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उहाँले सुनाउनुभयो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |