सिन्धुपाल्चोक, ११ असोज ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित कृषि उपज सङ्कलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र कोइकाका देशीय निर्देशक मुहेन कोङले सङ्कलन केन्द्रको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । साथै देशीय निर्देशक मुहेनले पालिका अध्यक्षलाई कृषि उपज ढुवानी गर्ने साधनको साँचो हस्तान्तरण गर्नुभयो ।
गाउँपालिकाका किसानलाई आयआर्जनसँग जोड्ने नीतिलाई सार्थक पार्न कोइका नेपालले गरेको सहयोगप्रति गाउँपालिका अध्यक्ष लामाले आभार व्यक्त गर्नुभयो ।
गाउँपालिकाको कृषि नीतिअन्तर्गत किसानसँग जोडिने, उपलब्ध जग्गाको उच्चतम प्रयोग गरी जैविक सागसब्जी र खाद्यान्न उत्पादन गरी किसानलाई आयआर्जनसँग जोड्न केन्द्र सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
देशीय निर्देशक मुहेनले केन्द्र सञ्चालनसँगै यहाँका किसानलाई आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका अध्यक्ष रेनुका चौलागाईँ र तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापामगरलाई पनि गाडीको साँचो हस्तान्तरण गरिएको थियो ।
यसैबीच, कृषि उपज सङ्कलन केन्द्र सञ्चालक समितिले केन्द्रमा सङ्कलित उत्पादन उचित मूल्यमा किसानसँग खरिद गरी मेलम्चीबाट काठमाडौँसम्म पाँचपोखरीको पहिचानसहित बिक्री वितरण गर्ने वातावरण तय गरिदिन गाउँपालिका र अन्य सामाजिक सङ्घसंस्थालाई आग्रह गरेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |