काठमाडाैं, २७ वैशाख
आज मंगलबार केही प्रदेशमा वर्षा हुने भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा रहेकाे चक्रवात ‘असानी’ को अप्रत्यक्ष प्रभाव नेपालमा परेकाे छ । साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव नेपालमा रहेकाे छ ।
जसकारण आज सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।
राति प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
बुधबार प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएकाे छ ।
बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सूदुरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |