काठमाडौँ, २३ असार ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ ।
सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो ।
सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले स्क्रब टाइफस, कालाजार, रुबेला लगायतका रोगहरु रहेका छन् ।
सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचिकृत गरिएको बताउनुभयो । उहाँले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचिकृत गरिएको जानकारी दिनुभयो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |