काठमाडौँ, १८ असार
नेपाल कम्युनिष्ट पार्टी एमाले को सचिवालय बैठक सुरु भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
बैठककमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उहाँले बताउनुभयो । नेकपा एमाले र नेपाली कांग्रेसबीच सोमबार राति मुलुकको राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्ने सहमति भएसँगै सचिवालय बैठक भएको हो । बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग भएको समझदारीबारे जानकारी गराउने प्रमुख गौतमले बताउनुभयो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |