भारतबाट गैरकानुनी रुपमा नुवाकोट ल्याइएको एक सय बोरा रासायनिक मल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार दुईवटा गाडीमा ल्याइएको रासायनिक मल अस्थायी प्रहरी पोष्ट कोल्पुटारको टोलीले बरामद गरेको हो ।
मलसहित मल बोकेको दुईवटा गाडी र सो कार्यमा संलग्न व्यक्तिलाई कारबाहीका लागी नुवाकोट प्रहरीले राजस्व अनुसन्धान विभागलाई बुझाएको छ ।
नुवाकोट प्रहरीले यही जेठ ३ गते पनि भारतबाट गैरकानुनी रुपमा नुवाकोट ल्याएको २० बोरा रासायनिक मल बरामद गरेको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |