धादिङबेशी । नेपाल ह्रदय रोग निवारण प्रतिष्ठान धादिङको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार प्रतिष्ठान धादिङ शाखाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङको सातौ वार्षिक साधारण सभाले मुटु जाँच परिक्षण जिल्ला भर संचालन गर्ने निर्णय गरेको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङले आ.व. ०७९/८० को कार्य प्रगति तथा ४ लाख ८६ हजार २३९रुपैया ९५ पैसाको आम्दानी खर्चको विवरण शाखाका अध्यक्ष राजकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । शाखाले रिमेटिक हर्ट भएकालाई हरेक २१ दिनमा लगाउनु पर्ने भ्याक्सिन निःशुल्क प्रदान गर्ने, समुदायमा रक्त चाप र सुगर जाँच गर्ने, मुटु रोग सम्वन्धी जानकारी मुलक पुस्तक तथा सामग्रीहरु वितरण गर्नेे, निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने जस्ता कार्यक्रमहरु गरेको छ भने धादिङ अस्पताललाई Ecg मेशिन प्रदान गरिएको समेत सम्मेत प्रतिवेदनमा उल्लेख छ ।
नीलकण्ठ नगरपालिका वडा नं. २ को महेन्द्र मा.वि.मा फागुन ७ गते आँखा, दाँत र मुटु परिक्षण गराउन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरि ४९४ जनाको स्वास्थ्य परिक्षण गरिएको, २०८० चैत्र १० गते प्राथमिक स्वास्थ्य केन्द्र त्रिपुरासुन्दरी गापा वडा नं. २ सल्यान्टारमा निशुल्क मुटु जाँच शिविरमा ३३४ जनाको स्वास्थ्य परिक्षण गरिएको, र आगामी दिनमा साना वाल वालिकाहरुको मुटु वचाउन विद्यालय स्तरमा स्क्रिनिङ तथा सचेतना कार्यक्रम संगसंगै लैजानु पर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो ।
साधारण सभामा शुभकामना मन्तव्य राख्नुहुँदै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले मुटु जोगाउने अभयानमा निरन्तर लाग्न सबैसंग आग्रह गर्नुभयो । उहाले धादिङ जिल्लाभरका मुटु परिक्षण गर्ने कार्यक्रम संचालन गर्न १३ वटै स्थानिय निकायलाई समन्वय गर्ने र प्रतिषठानलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । अधिकारीले अहिले मानवमा लागेको रोगको प्रकृति हेर्दा मुटुरोगले भयावह रुप लिन लागेको समयमा प्रतिष्ठानले उल्लेख्य काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नसर्ने रोगहरु मध्ये मुटुरोगको समस्या तिब्र गतिमा बढेको बताउँदै मानिसको आहार, विहार र व्यायामले यसमा सुधार ल्याउन सकिने धारणा राख्नु भयो । उहाँले गजल मार्फत आफनो मुटु बचाउनको लागि सन्देश पनि दिनुभएको थियो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बजारमा आएका जंग फुड र वातावरणीय परिवर्तनका कारण स्वास्थ्य समस्या बढेको बताउनुभयो । नसर्ने रोगबाट बच्नको लागि स्वयम व्यक्ति आफै जिम्मेवार हुनुपर्ने बतानुभयो । नीलकण्ठ नगरपालिकाले मुटु रोगबारे सचेतना तथा स्वास्थ्य शिविरहरु संचालन गरिरहेको बताउनुभयो ।
त्यसैगरी आजिवन सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर भण्डारीले चैत्र १० गते सल्यानटारमा भएको निःशुल्क शिविरबाट मुटुका विरामीले स्थानिय स्तरमै सेवा पाएकोले यस्ता कार्यक्रमहरु संचालन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
साधारण सभामा धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड्न्ट डा. दिनेश रेमीले मुटुरोग, मुटुरोगका असरहरु र रोकथाम तथा उपचारका विषयमा जानकारी गराउनु भएको थियो । साथै विभिन्न समयमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान पनि गरिएको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
pratyushdainik@gmail.com
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |