काठमाडौँ, १७ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताउनुभएको छ ।
महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीतिक दल सम्मिलित प्रतिनिधिमण्डलसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटमा महोत्तरीलाई प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतिलगायतका विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार सुशासनलाई केन्द्रमा राखेर देशको विकासमा निरन्तर लागिपरेको स्पष्ट पार्नुभएको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |