काठमाडौँ, २५ मङ्सिर ।
सत्रौँ संसद् सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५०औँ पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत सङ्कलन गर्ने झोला हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।
सङ्घीय संसद् सेवा दिवस मूल समारोह समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइँदै आइएको छ । विसं २०५९ मङ्सिर २८ गते निजामती सेवाबाट संसद् सेवालाई अलग्गै विशेष सेवाका रुपमा छुट्याइएपछि यो दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा सचिवालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ । संसद् सचिवालयअन्तर्गत करिब तीन सय कर्मचारी छन् । दिवसका दिन उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |