धादिङ,१४ मंसिर । धादिङमा गोरखाको झल्को दिने गरी ‘रामशाह चौतारा’ बनाइने भएको छ । गोरखा नगरपालिकासंग भगिनी सम्बन्ध स्थापना गरेको त्यहाँको निलकण्ठ नगरपालिकाले गोरखाको झल्को दिनेगरी रामशाह चौतारा निर्माण गर्ने भएको हो । ‘न्याय नपाए गोरखा जानू’ भन्ने उक्ति निर्माण गर्ने राजा राम शाहले न्याय सम्पादन गर्ने रामशाह चौतारा गोरखामा पनि छ । भगिनी नगरपालिकामा रहेको सोही चौतारा जस्तै देखिने गरी रामशाह चौतारा निर्माण गर्ने निलकण्ठ नगरपालिकाले जनाएको छ ।
गोरखा नगरपालिका र निलकण्ठ नगरपालिका बीच मंगलबार सम्पन्न भएको संयुक्त कार्यपालिका वैठकले सो निर्णय गरेको हो । वैठकमा दुवै नगरपालिकाले एक अर्को पालिकाको ऐतिहासिक तथा साँस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गर्ने निर्णय भएको थियो । सोका लागि एक आपसमा प्राविधिक तथा आर्थिक साझेदारी गर्ने पनि निर्णय भएको थियो । सोहि निर्णय अनुसार यसवर्ष निलकण्ठ नगरपालिकाले आफनै लागतमा गोरखाको इतिहास झल्कने गरी राम शाह चौतारा निर्माण गर्ने निर्णय गरेको हो ।
सयुक्त कार्यपालिका वैठकमा विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा दुवै पालिकाको संस्थागत सुदूढीकरणको लागि गोरखा न.पा. र निलकण्ठ न.पाको प्राविधिक तथा आर्थिक सहयोगको आदानप्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै दुवै नगरपालिकाका जनप्रतिनिधिहरुको फोटो समेत दुवै पालिकाको कार्यकक्षमा राख्ने निर्णय वैठकले गरेको छ । भगिनी सम्बन्ध जोडेका यी दुई पालिकाले आ–आफनो असल अभ्यासहरु आदानप्रदान गर्दै आएका छन् ।अर्को संयुक्त बैठक नीलकण्ठ नगरपालिकाले गर्ने निर्णय भएको छ । त्यो बैठक अघि नीलकण्ठ नगरपालिकाले ‘रामशाह चौतारा’ निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |