काठमाडौं, २१ वैशाख
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको विवादलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति बनाएर छानबिन गर्ने भएको छ ।
मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेट्दै छानबिन गर्ने आश्वासन दिएका हुन् ।
श्रोतका अनुसार एन्फा अध्यक्ष शेर्पाले छानबिन समिती बनाउने र त्यसले चारदिनभित्र निष्कर्ष निकाल्ने र प्रतिवेदन बुझाउने बताएका हुन् ।
यस अघि खेलाडीले बारम्बार निष्पक्ष छानबिन हुनुपर्ने भन्दै खेलकुद मन्त्री महेश्वर गहतराज, राखेप सदस्य सचिब टंकलाल घिसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतलाई पत्र पठाएका थिए ।
मुख्य प्रशिक्षक तथा व्यवस्थापकहरूले भने खेलाडीहरू खबर नगरी क्याम्पबाट भागेको टिप्पणी गरिरहेका छन् । सोही विषयमा खेलाडीहरूले पनि पत्रकार सम्मेलेन गर्दै निष्पक्ष छानविनको मान गर्दै आएका थिए ।
यस अघि खेलाडीले प्रशिक्षकको व्यवहारका कारण १३ गते होटेल छाडेका थिए । त्यसको स्पष्टीकरण दिन १५ गते पत्रकार सम्मेलन गरेका थिए।
यसपछी प्रशिक्षक अब्दुल्लाहले असन्तुष्ट रहेका खेलाडीले आफूलाई कुनै जानकारी नदिइ टिम छाडेको बताउदै खेलाडीलाई एसियन कप छनोटमा सहभागीता नगराउने बताएका थिए ।
यस्तै खेलाडीसंघ र असन्तुष्ट खेलाडीले १९ वैशाखमा एन्फा महासचिवलाई निष्पक्ष छानबिनको लागि पत्र बुझाएका थिए ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |