Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विश्व सामाजिक मञ्चको सम्मेलन नेपालमा हुने

रासस ३०४ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १९, शुक्रबार (२ साल अघि)
Post Thumbnail

काठमाडौँ, १९ असोज ।

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औँ संस्करण पहिलो पटक नेपालमा हुने भएको छ । आगामी फागुन ३ देखि ७ गतेसम्म खुल्लामञ्चमा हुने सो कार्यक्रमका बारेमा विश्व सामाजिक मञ्च नेपाल आयोजक समितिले विश्वव्यापी घोषणा (लन्चिङ) कार्यक्रम आयोजना गरेको छ ।

सम्मेलनका अवसरमा अन्तर महादेशीय युवा मञ्च हुनेछ भने संसदीय मञ्चको पनि आयोजना हुने विश्व सामाजिक मञ्च नेपाल, मिडिया तथा सञ्चार समूहका संयोजक सुशील विकेले जानकारी दिनुभयो ।

यो मञ्च नवउदारवादका विकल्पमा विचार र अनुभवको आदानप्रदान गर्ने स्वतन्त्र खुला मञ्च हो । दुई दशकअघि विश्वमा नवउदारवादी विश्वव्यापीकरणले पारेको प्रभावको विकल्पबारे बहस गर्ने सिलसिलामा सन् २००१ मा ब्राजिलको पोर्ते एलेगे्रबाट थालनी भएको हो ।

मञ्चले नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु सङ्कट, पितृृसत्ता, जाति तथा रङ्गभेद, नस्लभेदका विरुद्धमा तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायविरुद्ध हुने हिंसा, विभेद, द्वेषविरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाज सङ्गठनको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्दछ ।

समानान्तर रुपमा सञ्चालन हुने सम्मेलनका लागि हाल गैह्रसरकारी संस्था महासङ्घलगायत संस्थाहरुले संयोजन गरिरहेका छन् । सम्मेलनमा छलफलका लागि १३ समसामयिक विषयहरु छनोट गरिएको छ ।

तिनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखनस जात, काम र वंशजमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र सबै प्रकारका भेदभाव, लिङ्ग, लैङ्गिकता, लैङ्गिक हिंसा र पहिचान : भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, ऊर्जा र प्राकृतिक स्रोत शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा शिक्षा, कला र संस्कृति, सञ्चार, सामाजिक सञ्जाल र मिडिया, डिजिटल समानताः लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानुन र न्यायः स्वास्थ्य, सामाजिक संरक्षण र समानताः जलवायु, पर्यावरण, न्यायोचित रुपान्तरण, बासस्थान र दिगो विकासः महिला, बालबालिका, युवा, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू र सामाजिक आन्दोलन, नागरिकको स्थान र विश्व सामाजिक मञ्चको भविष्य विषय छन् ।

नेपालमा हुने सम्मेलनको सफलताको ऐक्यबद्धता व्यक्त गर्दै भारतका प्रा आनन्द कुमार, नेपालका डा उद्धव प्याकुरेल, मोरक्कोका हमुदा सउवी, फ्रान्सका अफ्रिका गुस्ताव मसिहलगायत प्रतिनिधिले शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

  • मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

  • धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

  • आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

    आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २८ गते आईतबार

    २०८२ मंसिर २८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

    आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution