काठमाडौँ, १३ असोज ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन एन प्याब्सन मा आलोपालोका लागि भएको सहमतिबमोजिम अध्यक्षमा सहअध्यक्ष सुवास न्यौपानेको आजदेखि कार्यकाल सुरु गर्नुभएको छ ।
सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न पहिलो १८ महिना पाण्डव हमाल र दोस्रो १८ महिना न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो । हमालको कार्यकाल गत भदौ २४ गतेदेखि सकिएकाले अध्यक्षमा आफू कायम हुनुपर्नेमा सहजरुपमा हस्तान्तरण नगरिएपछि न्यौपानले आज कार्यक्रम आयोजना गरी पदस्थापनको घोषणा गर्नुभएको हो ।
अध्यक्ष न्यौपाने शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई राज्यले बेवास्ता गर्न नमिल्ने भन्दै विभेदकारी कानुन र नीति नल्याउन सरकारसँग माग गर्नुभयो ।
कार्यक्रममा नेशनल प्याब्सनका पूर्वअध्यक्ष वसन्तबहादुर श्रेष्ठ, कर्णबहादुर शाही, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, निजी विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले कार्यकाल सफलताको कामना गर्नुभएको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
pratyushdainik@gmail.com
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |