धादिङ,०७ असोज ।
१७ औँ विश्व रेविज दिवसको अवसरमा सप्ताहव्यापी रेविज रोग विरुद्ध खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङ र नीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सप्ताहव्यापी अभियान सुरु भएको हो ।
रेविज नियन्त्रण स् एक स्वास्थ्य एक गन्तव्य भन्ने मुल नाराका साथ नीलकण्ठ नगरपालिका वडा नं २ वली डाँडामा एक कार्यक्रमका बिच अभियान सुरु गरिएको हो । सप्ताहव्यापी अभिायनको आज पहिलो दिन ४३ वटा सामुदायिक कुकुरमा एन्टिरेविज खोप लगाइएको छ । आजदेखी सुरु भएको अभियान १३ गतेसम्म संचालन हुने हुँदा घर पालुवा÷सामुदायिक कुकुर तथा बिरालोहरुलाई निशुल्क रेविज रोग विरुद्ध खोप लगाइने भएकोले सम्बन्धित कार्यालय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङ आएर खोप लगाउन अनुरोध गरिएको छ ।
यो कार्य बजार क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुमा सोमबार पनि निरन्तर गरिने नीलकण्ठ नगरपालिकाका प्राविधिक सुवास खतिवडाले जानकारी दिएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा।सन्दिप सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा भेटेरिनरी अस्पतालका कर्मचारी, नीलकण्ठ नगरपालिका पशुसेवा शाखा कार्यालयका पशु सेवा प्राविधिक, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।
सन २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मृत्युको अन्त्य गर्ने लक्ष्य रहेको हुँदा प्रत्यक बर्ष अभियानको रुपमा खोप कार्यक्रम संचालन हुँदै आएको छ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |