धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
तुलसीपुर दाङबाट काठमाडौँतर्फ जादै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
घाईतेहरुको विवरण
टिचिङ अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरुः–
१)जि.सल्यान सबेश्वरी गा.पा.३ बस्ने बर्ष २४ को राजेन्द्र पुन,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर।
२)ऐ.ऐ.बस्ने निजको छोरा बर्ष ६ को आशिष के.सि.,टाउको/अनुहार/बाया खुट्टामा चोट,अबस्था गम्भिर।
३) ऐ.ऐ.बस्ने निजको श्रीमती बर्ष ३२ कि रेखा के.सि.,टाउको/अबुहार/हातमा चोट,अबस्था मध्यम ।
४) जि.काभ्रे धुलिखेल न.पा.१० बस्ने बर्ष ५९ को नारायण धिमाल,टाउकोमा र कम्मरमा चोट,अबस्था मध्यम ।
५) ऐ.ऐ.बस्ने बर्ष ५० कि रेखा वली धिमाल,टाउको र ढाडमा चोट,अबस्था मध्यम ।
६) जि.दाङ बबैई गा.पा.५ बस्ने बर्ष २३ को प्रदिप श्रीस,दाहिने हात/कुम्मा चोट,अबस्था मध्यम ।
७) ऐ.ऐ.बस्ने निजको श्रीमती बर्ष २२ कि मञ्जु श्रीस,निधारमा चोट,अबस्था मध्यम ।
८)जि.दाङ तुल्सिपुर न.प..७ बस्ने बर्ष ३३ को बिजय के.सि,टाउको र दाहिने हातमा चोट,अबस्था मध्यम।
९) जि.रुकुम (पुर्बी) सिस्ने गा.पा.८ बस्ने बर्ष ३१ को योगेश बुढा,हात/खुट्टामा चोट,अबस्था मध्यम ।
राजमार्ग अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरुः-
१०) जि.सल्यान.बाघचौर न.पा.१० बस्ने बर्ष ५० को मान बहादुर खड्का,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर ।
११) जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१४ बस्ने बर्ष २८ को प्रेम पुन,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर ।
१२) जि.दाङ दागीशरण न.पा.१ बस्ने बर्ष ८५ को शिबलाल बि.क.,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर ।
१३) ऐ.ऐ.बस्ने बर्ष २८ को खडक बि.क,दाहिने हात/खुट्टामा चोट,अबस्था मध्यम ।
१४) जि.सल्याण बाघचौर न.पा.९ बस्ने बर्ष ४८ को धन बहादुर वली,शरीरको बिभिन्न भागमा चोट,अबस्था मध्यम ।
१५) जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१० बस्ने बर्ष ३२ को प्रबिण वली,शरीरको बिभिन्न भागमा डचोट,अबस्था मध्यम ।
१६) ऐ.ऐ.१३ बस्ने बर्ष २८ को सचिन बिष्ट,टाउको/हात/खुट्टामा चोट,अबस्था मध्यम ।
१७) जि.दाङ भालुबाङ गा.पा.१ बस्ने बर्ष ३८ कि सलमा खातुन,टाउको/हातमा चोट,अबस्था मध्यम ।
१८) ऐ.ऐ.बस्ने बर्ष ३८ को मोहमद हुसेन,ढाडमा चोट,अबस्था मध्यम ।
१९) जि.दाङ तुल्सिपुर उ.म.न.पा.५ बस्ने बर्ष ३० को मनोज खड्का, खुट्टा/हात/टाउकोमा चोट,अबस्था मध्यम ।
२०)जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१४ बस्ने बर्ष ३० को बिरेन्द्र के.सि.,टाउको र दुबै हातमा चोट,अबस्था मध्यम ।
घटना स्थलबाट उपचारार्थ काठमाण्डौ पठाईएका घाईतेहरुः-
२१)जि.दाङ तुल्सिपुर उ.म.न.पा.४ बस्ने बर्ष २६ को बिमल चौधरी,ढाड/अनुहार/टाउकोमा चोट,अबस्था मध्यम ।
२२) ऐ.लमही न.पा.५ बस्ने बर्ष ३० को गोपाल मल्ल,टाउको र ढाडमा चोट,अबस्था मध्यम ।
२३) ऐ.ऐ.बस्ने बर्ष ४६ कि बुद्धि माला के.सि.,ढाडमा चोट,अबस्था मध्यम ।
२४) ऐ.ऐ.बस्ने बर्ष ५४ को खुम प्रसाद खत्री,मुख र ढाडमा चोट,अबस्था मध्यम ।
२५) ऐ.ऐ.घोराही न.पा.१३ बस्ने बर्ष ४३ कि पद्मा गिरी,टाउको र हातमा चोट,अबस्था मध्यम ।
२६) जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१० बस्ने बर्ष ३० को यज्ञ बहादुर वली,टाउको र हातमा चोट,अबस्था मध्यम ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |