अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लायन्स क्लव अफ काठमाण्डौ ब्लड सर्कल को आयोजनामा धादिङबेशी स्थित रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज भएको रक्तदान कार्यक्रममा ३ महिला र १३ जना पुरुष सहित १६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा लायन्स अफ काठमाण्डौ सोसियल सर्कलको सहकार्य र नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
हाल धादिङमा डेङगु रोगका कारण रगतको चरम अभावलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय युवा दिवस पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लव अफ काठमाण्डौ ब्लड सर्कलका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनु भयो । रक्तदान कार्यक्रम Every blood doner is living god भन्ने नाराका साथ गरिएको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |