महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्धका १० लाख ३७ हजार मात्रा खोप आयात भएको छ । आयातित मध्ये १ लाख ८० हजार भन्दा धेरै पशुमा खोप लगाउने कार्य सम्पन्न भएको पशु सेवा विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार आयातित खोप ७ वटै प्रदेशका विभिन्न जिल्लामा १ लाख ८० हजार ९ सय २२ पशुमा खोप लगाईएको छ । गाईभैंसीको खोपकै लागि २०७९÷८० मा खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्ला बाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न संघीय शसर्त अनुदान अन्तर्गत १ लाखका दरले रकम विनियोजन भएको छ ।
सो रकमबाट औषधि उपचार तथा खोप खरिद गर्न सबै पालिकालाई आग्रह समेत गरिएको छ । लम्पी स्किन पहिलो पटक २०७७ असारमा मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकाका गाईहरूमा देखा परेको थियो । हालसम्म मनाङबाहेक ७६ जिल्लामा यो रोग पुष्टि भएको छ ।
यस रोगबाट सबैभन्दा बढी कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशु प्रभावित भएका छन् । हालसम्म सङ्क्रमित ७ लाख ९ हजार २ सय ३ पशुवस्तुमध्ये ४ लाख ५३ हजार आठ सय १९ निको भएका छन् भने २५ हजार ७ सय ८२ पशु मरेका छन् । साथै हाल दुई लाख २९ हजार ६ सय २ पशु सक्रिय सङ्क्रमित रहेका विभागले जनाएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |