धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलब ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलब ३६ पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलब ४० अङ्कले उकालो लागेर चार सय १२ दशमलब ५१ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य बृद्धि भएको हो ।
कूल एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० मूल्यमा खरिद बिक्री भएका छन्।
कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु २५ करोड १२ लाख ३३ हजार छ सय ९४ बराबरको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको रु २२ करोड ६३ लाख ४५ हजार दुई सय १८, सोल्टी होटलको रु २२ करोड ४२ लाख २९ हजार छ सय ३८,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु १३ करोड १४ लाख २० हजार दुई सय ८७ र हिमालयन डिस्टिलरीको रु १२ करोड ४८ लाख ९७ हजार छ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त, गरिमा विकास लघुवित्तलगायत कूल २८ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
यस्तै सिक्लेस हाइड्रोपावर तीन दशमलब ८८, गरिमा बैंकको ऋणपत्र तीन दशमलब शुन्य आठ, राष्ट्रिय बीमा कम्पनी दुई दशमलब ४९,सेञ्चुरी बैंकको ऋणपत्र एक दशमलब ९१ र बलेफी हाइड्रोेपावरका लगानीकर्ताले एक दशमलब ६९ प्रतिशतले कमाएका छन् ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |