धादिङ,११ असार
अपाङ्गता भएका व्यक्तिहरुको लागि ३ दिने मौरीपालन तालिम तथा मौरी सहितको घार वितरण कार्यक्रम सम्पन्न भएको छ । धादिङ नेत्रहिन संघ धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा शनिबार देखि सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो ।
समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्र्तगत दश प्रकारका अपाङगता भएका व्यक्तिहरुका लागि संचालन गरिएको तालिममा नीलकण्ठ नगरपालिका भित्रको १४ वटै वडाका ३६ जना अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
३६ जना अपाङ्गता भएका व्यक्ति र उनका परिवारलाई तालिम समापनको दिन मौरी सहितको घार वितरण गरीएको छ । तालिममा मौरी पालनको विधि, मौरी चिन्ने तरिका, बजार व्यवस्थापनको बारेमा कृषि शाखा प्रमुख मनिसा तिवारीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगाना, उप प्रमुख दिपक विश्वकर्मा, निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद वाग्ले, वरिष्ठ जनस्वास्थ्य निरिक्षक विष्णु प्रसाद रिजाल, महिला विकास निरिक्षक निर्मला केसी, कृषि शाखा प्रमख मनिषा तिवारी, सरस्वती घिमीरे लगायतको आतिथ्यता रहेको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |