युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका मूल्याङ्कनका आधारमा उक्त पुरस्कारका लागि उहाँको नाम छनोट भएको हो । पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ ।
महिला र दलिततर्फको ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’का लागि कर्णाली प्रदेशका ज्योति कटुवाल र गण्डकी प्रदेशका दीपक परियारको नाम छनोट भएको छ । पुरस्कारको राशि रु २५ हजार छ ।
मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ अर्जुनकुमार सुवेदी (कोशी प्रदेश), सञ्जीवकुमार साह ९मधेस प्रदेश०, सुवास बिडारी (बागमती प्रदेश) धनबहादुर गुरुङ (गण्डकी प्रदेश), विजय नेपाल (लुम्बिनी प्रदेश) ललितबहादुर बुढा (कर्णाली प्रदेश) र पूर्णबहादुर खड्का (सुदूरपश्चिम प्रदेश) लाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार नगद रहेको छ ।
मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष यस खाले पुरस्कार प्रदान गर्दै आएको छ । मन्त्रालयले विश्व बुढामगर रुकुमपूर्व, मीना ग्लान (नुवाकोट), गीता विष्ट कैलाली, नीरज देउवा डडेलधुरा र प्रेमकुमार दर्नाल सर्लाहीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त सम्मान खेलाडी पारातर्फ रामबहादुर तामाङ सिन्धुपाल्चोक, प्रशिक्षकतर्फ नारा श्रेष्ठ गुरुङ धनकुटा, निर्णायक रेफ्रीतर्फ दीपेन्द्र ढकाल (काभ्रेपलाञ्चोक) र चिकित्सकतर्फ प्राडा नवीसमानसिंह प्रधान ललितपुर हुनुहुन्छ । उहाँहरुलाई जनही रु एक लाख नगद र सम्मानसहितको पुरस्कार प्रदान गरिने छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |