साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । यसअघि बुधबार १३.६८ अङ्कले घटेको सेयर बजार बिहीबार २.२७ अंकले घटेको हो ।
नेप्से परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ को विन्दुमा झरेको छ । बिहीबार १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरुमा ओरालो लागेको छ ।
यसैगरी, २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर कारोबार हुँदा ७३ करोड ९६ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा कम हो ।
सबैभन्दा धेरै एभरेष्ट बैंक, नविल बैंक र सिवम सिमेन्टको ३ करोड रुपैयाँ भन्दाबढिको सेयर किनबेच भएको हो। यसैगरि बिहिबार सिटिजन्स म्युचुअल फण्ड दुई र तेरथुम पावर कम्पनीको ५ प्रतिशतले मूल्य बढेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |