उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले युएईमाथि सानदार जित निकाल्दै ओडिआई मान्यता कायम राख्न सफल भएको छ । यो मान्यता आगामी चार वर्षको लागि कायम रहनेछ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईमाथि रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको २४९ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको युएईले २२.३ ओभरमा १० विकेट गुमाउँदै ७१ रन मात्रै बनायो ।
युएईका लागि आयान अफजल खानले २९ रनको योगदान गरे । उनले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरे । अन्य पाँच खेलाडीले दोहोरो रन जोड्न सकेनन् । ओपनर वृत्य अरविन्द र आर्यन लाक्रा शून्य रनमै आउट हुँदा आसिफ खानले ६ रन, मोहम्मद वसीमले १ रन, रोहन मुस्तफाले ६ रन, जवर फरीदले २ रन जोडे ।
यस्तै, विकेटकिपर अश्वन्त वल्थापाले १४ रन, पलानियापन मयप्पनले ११ रन, जहूर खानले रन र जुनैद सिद्दिकीले १ रन बनाए । नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपाललाई पहिलो ओभरको पाँचौ बलमा पहिलो सफलता दिलाएका ललित राजवंशीले ५ विकेट लिए । सन्दीप लामिछानेले दुई विकेट लिँदा गुल्सान झा, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीको नाममा एकरएक विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ४९।२ ओभरमा १० विकेट गुमाएर २४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए । रोहितले ८३ बलमा ७ चौकासहित ओडिआई करिअरको आठौं अर्धशतक पूरा गरेका थिए । योसँगै रोहित नेपालबाट ओडिआई सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् ।
२२ रन बनाउँदा ३ विकेट गुमाएर संकटमा रहेको नेपाललाई मध्यकम्रका ब्याटरले उद्धार गरे । नेपाललाई चौथो विकेटका लागि भीम सार्की र रोहित पौडेलले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।
७६–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ शेख र रोहित पौडेलले ८६ रनको साझेदारी गरेका थिए । आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रनमा क्याच आउट भए ।यस्तै, दीपेन्द्र सिंह ऐरिले १९ बलमा ३४ रन बनाए । गुलसन झाले ३२ बलमा ३७ रन बनाए । उनले ३ छक्का र १ चौका प्रहार गरे ।
युएईका लागि जाहोर फरीद, रोहन मुस्तफा र अयान खन्लेले २र२ तथा आर्यन लाक्रा र जुनैद सिद्दिकीले १र१ विकेट लिए । जितसँगै नेपालले ३४ खेलमा १७ जित र १५ हारसहित ३६ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |