धादिङबेशी । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको ३६ औँ बार्षिक साधारण सभा तथा १२ औँ जिल्ला अधिबेशन सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका सभापति नारायण तिमल्सिनाको अध्यक्षता तथा बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता र नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको विशेष आतिथ्यतामा अधिबेशन शुरु भएको हो ।
उद्घाटन सत्र सकिएपछि सुरुवात गरिएको बन्द सत्रमा कोषाध्यक्ष द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा मन्त्रि दुर्लभ तामाङ द्धारा प्रस्तुत साङगठनिक प्रतिवेदन सर्व सहमत पास गरिएको छ । भोली हुने बन्द सत्रमा नेतृत्व चयनको बिषयमा छलफल बताईएको छ । सकेसम्म सर्वसहमत हुनेगरी नेतृत्व चयनको प्रयास भैरहेको अधिबेशनमा सहभागी हुने प्रतिनिधिहरुले बताएका छन् ।
हाल रेडक्रस धादिङ शाखाको सभापतीमा दुर्लभ तामाङ र नारायण प्रसाद तिमल्सिनाको नाम चर्चामा रहेको छ । भोली हुने बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने बताईएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |