नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारी पुरानै राजनीतिक व्यक्तित्व हुन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं। ६ नेवारपानीमा जन्मिएका उनी २०३६ सालको जनमत संग्रह र २०४२ को सत्याग्रहभर तरुण कांग्रेस थिए । यी दुई आन्दोलनमा सक्रिय उनले धेरै राजनीतिक अनुभव हासिल गरे ।
पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा लाग्दा पटक–पटक जेल परेका अधिकारीलाई ६ वैशाख २०४५ मा प्रहरीले चारपाटा मुड्नेसम्मको ज्यादती ग¥यो । राज्यको क्रुर दमनले उनलाई अझ विद्रोही बनायो ।
कांग्रेसको आठौं महाधिवेशनमा धादिङ जिल्ला कार्य समिति सहसचिव र महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका उनी २०५३ सालमा सभापतिको प्रत्यासी बने, तर सफल भएनन् । २६ कात्तिक २०५४ मा जिल्ला सभापति दामन पाख्रिनको निधनपछि उनी सभापतिमा चुनिए ।
पार्टीको जिल्ला सभापति रहेका अधिकारी २०५६ सालमा धादिङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर विजयी भए । उनले नेकपा ९एमाले० का गंगालाल तुलाधरलाई पराजित गरेका थिए । २०५६ पछि उनी २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा उठे, तर नेकपा माओवादीकी उम्मेदवार कल्पना धमलासँग पराजित भए । २०७० मा सम्पन्न दोस्रो संविधानसभामा पनि कांग्रेसले अधिकारीलाई नै टिकट दियो, तर उनी निकटतम प्रतिद्वन्द्वीमा सीमित भए । त्यतिबेला अधिकारी एमालेका उम्मेदवार गुरुप्रसाद बुर्लाकोटीसंग पराजीत भए ।अधिकारी २०५५ मा कार्यवाहक भएसंगै २०५७, २०६२, २०६७ र २०७८ मा गरी लगातार पाँचौं कार्यकाल धादिङ कांग्रेसको सभापति भए । जनताको समस्या समाधानमा सधैं सक्रिय अधिकारी सादा जीवनशैलीका कारण पनि लोकप्रिय छन् ।
नेपाली कांग्रेसले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि अधिकारीलाई धादिङ–२ बाट उठाएपछि अधिकारीले बाजी मारे । सत्ता गठवन्धनका सझा उम्मेदवार भएकाले पनि चुनाव जित्न उनलाई सहज भयो ।
धादिङ प्रतिनिधिसभा–२ मा नेकपा ९एमाले०का निवर्तमान सांसद खेम लोहनी अधिकारीका प्रतिस्पर्धी थिए । अघिल्लो निर्वाचनमा कांग्रेसका दिलमान पाख्रिनलाई वाम गठबन्धनको बलमा ६७१ मतले हराएका लोहनी भने यसपटक १० हजार ५ सय ३३ मतले अधिकारीसंग पराजीत भए । कूल खसेको मत ६७ हजार ६ सय १ मा अधिकारीले ३४ हजार ४ सय ८३ मत प्राप्त गरेका छन् ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |