एजेन्सी । वर्तमान लोकप्रिय डिजिटल युगमा कतिपयले तासहरूको घरलाई एक टेलिभिजन शृंखलाको रुपमा लिन्छन् । अर्कोतर्फ कलाकार भने यसलाई एउटा महत्वपूर्ण कलाको रूप मान्छन् र प्रत्येक तासमार्फत नयाँ उपलब्धि हाँसिल गर्न प्रयास गर्छन् ।
एक चिनियाँ युवाले सबैभन्दा छिटो अर्थात पाँच घण्टा पाँच मिनेटमा ५० तले तासको घर बनाएर नयाँ विश्व कीर्तिमान बनाएका छन् । गिनिज वल्र्ड रेकर्ड्सका अनुसार पूर्वी चीनको सानडोङ प्रान्तको छिङदाओका कार्ड कलाकार टियान रुईले तासको ५० तले घर ५ घण्टा ५ मिनेटमा बनाए । घर १० मिनेटभन्दा बढी ठडिएको थियो। घरको उचाइ ३ दशमलब ३७५ मिटर छ।
यो प्रयास सन् २०२२ को गिनिज वर्ल्ड रेकर्ड्स दिवस समारोहको एक अंशको रूपमा आयोजना गरिएको ग्लोबल टाइम्सले जनाएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |