धादिङ,२८ कात्तिक ।
धादिङ क्षेत्र नम्बर १ का गठबन्धन उम्मेदवारहरुलाई गल्छी गाउँपालिका मतदाताहरुले भव्य स्वागत गरेका छन् । चुनावी घरदैलोको क्रममा सोमबार गल्छी गाउँपालिका वडा नम्बर दुई तीन र चारका मतदाताहरुले घरघरमा फुलमालाले स्वागत गरेका छन् ।
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता एवं् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रदेशसभा ‘क’का गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई मतदाताले गाउँवस्तीका समस्या पहिचान पनि गराएका छन् । बेलिनटार, आमडाँडा, पोखरीगाउँमा लगायतका गाउँमा कोणसभा गर्दै उम्मेदवारहरुले पनि मतदाताले पहिचान गराएको समस्यालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मतदाताको घरदैलोमै पुगेर कोणसभालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री एवं् धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार पाण्डेले सडक, पुल, खानेपानी लगायतका आधारभुत आवश्यकताभित्र पर्ने आवश्यकता पुरा गर्न आफु प्रतिवद्ध रहेको बताए । त्यस्तै कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा ‘क’ का उम्मेदवार मधुकरमार श्रेष्ठले मतदाताको समस्या समाधान गर्ने र आवश्यकता परिपूर्ति गर्ने काममा आफु सधैं तत्पर रहेको स्पष्ट पारे ।
त्यस्तै प्रदेशसभा ‘ख’मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका नेता शालिकराम जम्कट्टेलले सिद्दलेक गाउँपालिकाका वडाहरुमा घरदैलो गरेका छन् । मतदातालाई आफ्नो चुनाव चिन्हमा मतदान गर्न सिकाउँदै जमकट्टेल सिद्धलेक गाउँपालिका स्थित कुम्पुरका विभिन्न टोलहरुमा पुगेका छन् ।
धादिङ २ प्रदेश २ को चुनावी व्यटलमा बलिया उम्मेदवारको रुपमा रहेका जमकट्टेल सँग एमालेका गजेन्द्र थपलियाले प्रतिस्पर्धा गर्ने छन् । बागमती प्रदेशको मुख्य मन्त्रीका रुपमा हेरिएका जमकट्टेल यतिबेला जनताको घरदैलोमा छन् ।स्थानीय निर्वाचन २०७९ को तथ्यांकलाई विश्लेषण गर्दा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा करिब ११ हजार मतले सत्ता गठबन्धनका उम्मेदवार पाण्डे नेकपा एमालेका उम्मेदवार भुमी त्रिपाठी भन्दा अगाडि छन् ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |