धादिङ,४ चैत
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन धादिङमा प्रहरीसँग अन्तरक्रिया गरिएको छ।वैदेशिक रोजगारीमा देखिएका समस्या न्युनीकरण गर्न र वैदेशिक रोजगारलाई सुरक्षित बनाउनको लागि प्रहरी सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व र नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला भरका प्रहरी चौकी ईन्चार्ज,ईलाका प्रहरी कार्यालयका प्रमुख लगायत ४५ जना प्रहरीहरुको सहभागिता रहेको थियो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिपेन्द्र शाहीको विशेष आतिथ्यता रहेको कार्यक्रममा डिएसपी सुवास हमाल,सामी कार्यक्रम अधिकृत भोजराज सुनुवार,सामी कार्यक्रम संयोजक दिनेश दुवाडी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बैदेशिक रोजगार सम्बन्धी उजुरी,प्रमुख जिल्ला अधिकारीको भुमिकाको विषयमा सहजिकरण गर्नुभएको थियो । यसैगरी डिएसपी सुवास हमालले बैदेशिक रोजगार सम्बनधी ठगी,प्रहरीको भुमिका र ऐनको विषयमा सहजिकरण गर्नुभएको थियो ।
यसैगरी सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी कार्यक्रमले धादिङमा गरीरहेको गतिबिधि,वर्तमान चुनौती र समस्याको विषयमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादित बनाउनको लागि नगरपालिकाले विभिन्न क्षेत्रमा काम गरीरहेको बताउनुभयो । बैदेशिक रोजगार सम्बन्धी ठगी न्युनीकरण गर्नको लागि सरकारका सबै निकायबिच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |