धादिङ, २५ माघ ।
धादिङमा माघ २६ गते अर्थात भोलि शनिबार विद्धुत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको धादिङ वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार देविघाट सवस्टेशनदेखि रातमाटे सास हुँदै धादिङवेशी–जरे–सल्यानटार ३३ के.भी. प्रसारण लाइनको दायाँ–बायाँका रुखका हाँगाहरू काट्ने र मर्मत कार्य गर्नुपर्ने भएकोले बिहान ११ बजे देखि अपराह्न ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।
उक्त समयमा निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, वेनीघाट रोराङ रोराङगाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका र गोरखा जिल्लाको आरुघाट फिडर अन्तर्गतका केही स्थानहरू विद्युत अवरुद्ध हुनेछ ।
नेपाल विद्युत प्राधिकरण धादिङले विद्युत सेवा अवरुद्ध हुने समयमा ग्राहकवर्गलाई भएको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ। साथै, यदि निर्धारित समय भन्दा अगावै कार्य सम्पन्न भएमा विद्युत सेवा समयभन्दा अघि पुनः सुचारु हुने जानकारी दिएको छ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |