धादिङ, २२ माघ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कसैको अड्कल वा भनाइका आधारमा सरकार नढल्ने स्पष्ट पार्नुभएको छ । उहाँले सरकार परिवर्तनको हल्लाले कुनै प्रभाव नपार्ने बताउँदै स्थायित्व र सहकार्यको महत्त्वलाई जोड दिनुभएको छ ।
सोमबार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ, धादिङको अधिवेशन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले नेपाली कांग्रेस सरकारको सात बुँदे सहमतिको पूर्ण समर्थनमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सात बुँदे सहमतिप्रति नेपाली कांग्रेस पूर्ण रूपले प्रतिबद्ध छ। सम्माननीय प्रधानमन्त्रीलाई आवश्यक सहयोग निरन्तर रहन्छ। कसैले कतै बसेर सरकार ढल्छ भनेर हल्ला गरे पनि सरकार त्यसरी ढल्दैन।“
उहाँले सरकार टिकिरहने भए पनि स्थानीय सरकारहरू निष्क्रिय बन्न नहुनेमा पनि जोड दिनुभयो । “हाम्रो सरकार छ भनेर ढुक्क बस्ने होइन। मानौं, सरकार ढल्यो भने त्यसपछि के गर्ने? हात बाँधेर बस्ने त होइन। स्थानीय सरकार झनै पाँच वर्षका लागि स्थायी सरकार हो,“ उहाँले भन्नुभयो ।
स्थानीय तहमा रहेका जनप्रतिनिधिहरूले प्रभावकारी काम गर्दै नागरिकको मन जित्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |