काठमाडौँ, ६ पुुस
सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
राष्ट्रपति भवनमा गत बुधबार आयोजित समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
प्रमाणपत्र पेस गरेपश्चात राष्ट्रपतिसँग भएको छोटो भेटघाट र कुराकानीकाक्रममा राजदूत डा रूपाखेतीले नेपालको वर्तमान राजनीतिक घटनाक्रम, भूराजनीति र नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउनुभएको थियो ।
त्यस अवसरमा जर्मनीका राष्ट्रपति स्टेनमायरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जर्मनीमा यसैवर्ष भएको भेटको सन्दर्भ र दुई देशबीचको वर्तमान सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।
सो समारोहमा जर्मनीका उच्च पदस्थ अधिकारीहरू र नेपाली राजदूतावास बर्लिनका अधिकारीको पनि उपस्थिति रहेको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |