काठमाडौँ १४ मङ्सिर ।
नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार छ सय र चाँदीको मूल्य प्रतितोला रू ४५ ले बढेको हो ।
हिजो सुन प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको थियो । आज प्रतितोला रू एक हजार छ सयले बढेर रू एक लाख ५० हजार नौ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, हिजो चाँदी प्रतितोला रू एक हजार आठ सयमा कारोबार भएकोमा आज प्रतितोला रू ४५ ले बढेर रू एक हजार आठ सय ४५ कायम भएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |