धादिङ,१६ असोज ।
धादिङ र काठमाडौंको सिमानामा रहेको धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरो पन्छाएर पुनः खोजी कार्य गरिएको छ। पहिरोमा तीनवटा सवारी साधनमा ३५ जनाको शव फेला परेपछि, थप सवारी साधन पुरिएको आशंका गरिएको थियो। सडकको कुना र तलतिर थुप्रिएको माटो पन्छाएर पुनः खोजी गरिएको भए पनि अरू सवारी साधन फेला परेको छैन, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।
माथिबाट झरेको ठूलो पहिरोले सडकको कुना र तलतिर माटोको ठूलो थुप्रो बनाएको थियो। पहिरोमा दुई माइक्रोबस र एक बस भेटिएपछि, एउटा कार पनि पुरिएको हुनसक्ने आशंकामा खोजी कार्य दोहोर्याइएको हो।
निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर पहिरो पन्छाएपछि अहिले झ्याप्ले खोलामा दुईतर्फी सडक खुलाइएको छ। सवारी साधनको चाप व्यवस्थापन गर्न, काठमाडौं भित्रिने र बाहिरिने सवारीलाई आलोपालो गराएर आवतजावत गराइएको छ। निरन्तरको वर्षाका कारण शुक्रबार राति पहिरो खसेको थियो।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |