धादिङ, २६ भाद्र ।
मनकामना केबलकार यही असोज १ गतेबाट पुन सुचारु हुने भएको छ । मर्मतका लागि गत साउन ३१ देखि बन्द रहेको केबलकारको मर्मत कार्य करिब सम्पन्न भएकाले छिट्टै सञ्चालन गर्न लागेको हो ।
केबलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबलकार बन्द रहेको मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गरिसकिएकोे मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेरिएको छ । स्थापनाको २६ वर्षमा मुख्य केबल तार(लट्ठा) फेरिएको जनाइएको छ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |