हेटौँडा, २ भदौ ।
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उहाँले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसक्नुभएको छ ।
नेपाल बार एशोसिएसनको सदस्य रहनुभएका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौँ जिल्ला बारका विभिन्न समिति रहेर काम गर्नुभएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |