धादिङबेशी । धादिङ वार एसोसियसनमा टंक कुमार श्रेष्ठ निर्वाचित भएका छन् । एसोसियसनको ३६ औँ बार्षिक साधारणसभा तथा १८ औँ अधिबेशनले श्रेष्ठलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।
सिद्धलेकमा भएको साधारणसभा तथा अधिबेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट, सचिवमा अधिवक्ता रामकृष्ण अधिकारी, कोषाध्यक्षमा अधिवक्ता खिल गिरि र सदस्यहरु अधिवक्ता विश्वराज अधिकारी, अधिवक्ता गोपि अर्याल, अधिवक्ता अम्बिका घिमिरे श्रेष्ठ, अधिवक्ता विनोदमान श्रेष्ठ र दिनेश दुवाडी चयन हुनुभएको छ ।
धादिङ वार एसोसियसनका निवर्तमान अध्यक्ष विश्वराज अधिकारीको अध्यक्षतामा भएको अधिवेशनमा सचिव अधिवक्ता रामचन्द्र भट्टले प्रगति प्रतिवेदन, कोषाध्यक्ष अधिवक्ता रामकृष्ण अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो प्रतिवेदनहरु सर्वसहमत पास गरिएको छ । हाल धादिङ वार एसोसियसनमा १९ जना सदस्य रहेका छन् ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |