चारवर्ष अघि सामुहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले बुधबार दुईजनालाई १३ वर्ष र एक जनालाई १४ वर्ष कैद सजायाँको फैसला गरेको छ ।
१६ वर्षीया बालिकालाई गंगाजमुना गाउँपालिका–३ का २७ वर्षीय राजकुमार तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ र १९ वर्षीय सुमित गरुङले ०७६ चैत १ गते सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा ०७६ चैत २ गते उजुरी दिएका थिए ।
उजुरी गरेको दिन धादिङ अस्पतालमा पीडितको स्वास्थ्य परिक्षण भएको थियो । जिल्ला अदालतमा ०७६ चैत २८ गते मुद्दा दर्ता भएको थियो ।
पछि पीडक पीडितको डिएनए परिक्षण समेत भएको थियो । डिएनए परिक्षण प्रतिवेदन समेतको आधारमा मुद्दाको चारवर्षपछि अन्तिम किनारा लागेको हो ।
जिल्ला न्यायधिस गोपालप्रसाद वास्तोलाको जेठ १६ गतेको ईजलासले जनही १२ वर्ष कैदगर्दै मुद्दा र कसुरदारहरुको अपराधको प्रकृति हेरि कसुरदारमध्ये राजकुमार तामाङलाई थप २ वर्ष र बुद्धिमान तामाङ र सुमित गुरुङलाई थप एकएक वर्षको दरले कैद सजायाँ गर्ने ठहर गरेको श्रेस्तेदार माधव भण्डारीले बताउनुभयो । कसुरको प्रकृति अनुसार राजकुमार तामाङलाई २० हजार रुपैयाँ जरिवाना गर्ने फैसलामा उल्लेख छ ।
२१ पटकको पेसीपछि वास्तोला ईजलासले यहि जेठ ७ गते कसुर कायम गर्नुभएको थियो । सामुहिक रुपमा भएको घटना र बलात्कार पछिको प्रमाण संकलनको क्रममा डिएनए परिक्षण गर्न नेपाल विधिविज्ञान प्रयोगशालाबाट प्रतिवेदन आउन ढिलाइ भएपछि मुद्दा फैसलामा समेत ढिलाई भएको हो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |