Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री

प्रत्यूष ४९८ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र ४, आईतबार (१ साल अघि)
सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री

काठमाडौँ, ४ चैत ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गर्नु भएको छ ।

आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।”

प्रधानमन्त्री दाहालले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई–मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई–मधेशलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।”

गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उहाँले बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुङ्ग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ ।”

केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशको राजनीति सही बाटोमा आएको छ ।”

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

  • मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

  • धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

  • आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

    आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २८ गते आईतबार

    २०८२ मंसिर २८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

    आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution