काठमाडौँ, १६ फागुन ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो ।
तीन सय आठ कम्पनीको ५१ लाख १५ हजार छ सय ५८ कित्ता शेयर ४१ हजार छ सय ७९ पटक खरिद बिक्री हुँदा रू दुई अर्ब तीन करोड ८१ लाख नौ सय ७७ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ७० कम्पनीको शेयर मूल्य घटेको छ ।
सात कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल बालाजु लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडका शेयरधनीले छ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू १२ करोड ६९ लाख ६५ हजार बराबरको दुई लाख ७७ हजार दुई सय २० कित्ता शेयर किनबेच भनेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |