काठमाडौँ, १३ फागुन
रसुवाको धैबुुङमा बागमती प्रदेश स्तरीय मारुनी नाच प्रतियोगिता हुने भएको छ । कालिका गाउँपालिका वडा नम्बर २ स्याउबारीमा रहेको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङ्टाङको आयोजनामा यही फागुन २६ गते क्षेत्रीयस्तरको मारुनी नाच प्रतियोगिता हुने जनाइएको छ ।
समाजको सांस्कृतिक समृिद्धको जीवित प्रमाणका रूपमा रहेका मौलिक बाजागाजा तथा नाचगान प्रवद्र्धन र लोक संस्कृतिलाई जगेर्ना गर्नका लागि वर्तमान पुस्तालाई चेतना जगाउन नेपालमै पहिलो पटक मारुनी नृत्य प्रतियोगिता गर्न लागिएको रेडियो लाङटाङका सचिव गीता न्यौपानेले जिकिर गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई १५ हजार पुरस्कार प्रदान गरिने बताइएको छ । रेडियो लाङटाङले हालसम्म रसुवा र नुवाकोट जिल्ला स्तरीय घाँसे गीत, रसुवा जिल्ला स्तरीय लोकगीत र वक्तृत्वकला तथा पालिकास्तरीय हाजिरी जवाफ प्रतियोगिता एवं उत्तरगया धाम र केरुङमा नेपाली श्रमिकको अवस्थाबारे सार्वजनिक छलफल कार्यक्रम आयोजना गरिसकेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |