रत्ननगर १० मा रहेकाे एकता शिशु निकेतनकाे हाेस्टेलमा एक छात्रा मृत अवस्थामा भेटिएकी छन् ।
शनिबार विहान गाेरखा घर भई रत्ननगर वडा नं १५ माधपुर स्थित मामा घरमा बसेर अध्ययन गर्दै आएकी १४ बर्षीय सालिन पाेखरेल हाेस्टेल काेठाकाे सिलिङमा स्काउटको डाेरिले झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
२ बर्ष अघि स्कुलमा भर्ना भएकाे उनी हाेस्टेलमा बसेर कक्षा ८ मा पढ्दै आएकी थिइन् ।
विद्यालयकाे लापरबाहीका कारण छात्राकाे ज्यान गएकाे भन्दै मृतकका आफन्तहरुले सञ्चालकहरुलाई कारबाहीकाे माग गरेका छन् ।
मृतकका आफन्तले छात्राकाे हत्या भएकाे आराेप लगाएका छन् । प्रहरीले विद्यालयका सञ्चालक तथा प्राचार्य बालहरि देवकाेटा, सञ्चलक तथा शिक्षकहरु किरण अधिकारी र कमल शर्मा पाैडेललाई घटनाकाे अनुसन्धानकाे लागि नियन्त्रणमा लिएकाे छ ।
छात्राकाे शब बेलुकी संचालक समिति को बैठक पछि ६:४० मा पोष्ट मार्टम को लागी भरतपूर सरकारी अस्पताल लगिएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |