Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

काभ्रे कृषि महोत्सवमा छ करोडको कारोबार

रासस ५०५ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ९, बुधबार (१ साल अघि)
काभ्रे कृषि महोत्सवमा छ करोडको कारोबार

काभ्रेपलाञ्चोक, ९ फागुन ।

काभ्रेपलाञ्चोकको बनेपामा यही फागुन पहिलो साता आयोजित काभ्रेपलाञ्चोक बृहत् कृषि महोत्सवमा रु छ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ । मूल आयोजक एवं संयोजकत्व गरेको जिल्ला समन्वय समितिको समन्वयमा यही फागुन ४ देखि ७ गतेसम्म बनेपामा सञ्चालित महोत्सवमा एक लाख ५० हजारले अवलोकन गरेको जनाइएको छ ।

जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजको प्रर्दशनी तथा बजारीकरण तथा कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नुका साथै कृषि पेसामा लाग्नका लागि नागरिकलाई उत्प्रेरित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

समितिका प्रमुख दीपक गौतमद्वारा जारी विज्ञप्तिमा कृषिजन्य उपजहरुको बिक्री–वितरण रु दुई करोड, यन्त्र, औजार, उपकरणको बिक्री तथा अर्डरसमेत गरी रु दुई करोड, होटल व्यवसाय तथा रैथाने परिकारतर्फ रु एक करोड ५० लाख र अन्य सहयोगी क्षेत्र र गैरकृषितर्फ रु ५० लाख कारोबार भएको उल्लेख गरिएको छ ।

महोत्सवमा कृषि प्रविधि, रैथाने बाली, खाद्यान्न, बीउ, ताजा तरकारी, दुग्धजन्य उत्पादन, लप्सी–क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपज, बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घीउ, कोल्ड च्याम्बर प्रविधिलगायत सामग्रीका एक सय ५३ प्रदर्शनी कक्ष राखिएका थिए ।

गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको महोत्सवमा काभ्रेपलाञ्चोकका तीन तथा सिन्धुपाल्चोकका तीन किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित गरिएको थियो भने राष्ट्रिय–अन्तरराष्ट्रियस्तरका विषय विज्ञबाट विभिन्न विषयमा सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।

यस्तै कृषिको आधारभूमिमा रही विद्यालयस्तरीय प्रतियोगितात्मक चित्रकला प्रदर्शनी गरी उत्कृष्ट विद्यार्थी एवं विद्यालयलाई सम्मान, रक्तदान, स्वास्थ्य शिविर सञ्चालन तथा स्थलगतरुपमा माटो परीक्षण सेवा बाली उपचार सेवाबाट किसानलाई स्थलगतरुपमा नै प्राविधिक सेवा उपलव्ध गराइएको थियो ।

त्यस्तै कृषि उपजको प्रदर्शनी एवं कारोबारसहितका आधारमा कृषि उपज, बाली, वस्तु, प्रविधिसम्बन्धी २० कृषक समूह, सहकारी, कम्पनी, फार्मलाई सम्मान, हरेक दिन साँझ आयोजना राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

  • मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

  • धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

  • आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

    आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २८ गते आईतबार

    २०८२ मंसिर २८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

    आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution