दिपा लम्साल, धादिङबेशी । धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं. ५ स्थित फूलखर्कमा गङ्गाजमुना ग्रामीण आँखा केन्द्रको स्थापना गरिएको छ ।
गङ्गाजमुना गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान नेपालको समन्वय र सहकार्यमा उक्त केन्द्रको स्थापना गरिएको हो ।
गङ्गाजमुना गाउँपालिका स्तरीय गङ्गाजमुना ग्रामीण आँखा केन्द्रको अध्यक्ष एवं गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षता एवं जिल्ला समन्वय समिति धादिङको प्रमुख नवराज अधिकारी क्षेत्रीको प्रमुख आतिथ्यतामा केन्द्रको उद्घाटन भएको थियो ।
आँखा केन्द्रको स्थापनाले अब गाउँबासीहरूले आँखाको विभिन्न चेकजाँच, उपचार, औषधी वितरण तथा अप्टिकल सम्बन्धी सेवाहरू सोही केन्द्रबाट लिन पाउने भएका छन् ।
आँखा केन्द्रको स्थापनाले गंगाजमुना गाउँपालिका बासीहरुलाई आँखाको समस्याका लागी धादिङवेशी जानु पर्ने समस्या अन्त्य हुने भएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |