धादिङबेशी । धादिङ अस्पतालको ४७ औँ वार्षिक उत्सव शम्पन्न भएको छ । धादिङ अस्पताल अव छिट्टै १०० शैयाको अस्पताल हुने बागमती प्रदेश मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले बताउनु भएको छ । धादिङ अस्पताल धादिङको ४७ औँ वार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्दै उहाँले धादिङ अस्पताललाई एक सय शैयाको अस्पताल बनाउने कार्यको प्रक्रिया अगाडी बढि सकेको बताउनु भयो ।
उहाँले हाल भईरहेको ५० शैयालाई थप गरेर एक सय शैयाको अस्पताल बनाउने प्रक्रियाको निर्णय यहि पौष ३ गते क्याबिनेटको बैठक बसेर गरिने समेत बताउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले कुनै पनि बिरामीहरु पैसाको अभावमा वञ्चित हुन नहुने बताउनुभयो । मुख्यमन्त्री जनतासँग स्वास्थ्य कार्यक्रम लगाएत प्रदेश सरकारले अस्पतालबाट प्रदान गर्ने सेवा सुविधा सबै प्रदान गर्न अस्पताल प्रशासनसँग आग्रह गर्नुभयो । उहाँले धादिङ अस्पताल पनि प्रादेशिक अस्पताल भएको कारणले अस्पतालमा कार्यरतहरुको सेवा सुविधामा एकरुपता बनाउन अस्पतालन प्रशासनलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रम उत्कृष्ट कार्य सम्पादनको हिसाबले मेडिकल अधिकृत डा. रेशम विक्रम सिजाली, ल्याब टेक्नीसियन अर्जुन भक्त श्रेष्ठ, स्टाफ नर्स रुवी श्रेष्ठ, रेडियोग्राफर मिशन रिजाल र कार्यालय सहयोगी सुस्मिता तामाङ नगरकोटी पुरस्कृत भएका थिए । त्यस्तै, अस्पतालको हाडजोर्नी सेवालाई व्यवस्थित रुपमा सञ्चालन गरी योगदान दिएबापत कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.दीपेन्द्र सुवेदीलाई र विगत ५ वर्षदेखि ए.आर .टी.सेवाको साथै प्रसुती र शल्यक्रिया शाखामा योगदान दिएवापत सरस्वती मल्ललाई र सधैं अनुशासित, शालीन, भद्र र ईमान्दारीताको साथ गुणस्तरीय सेवा प्रवाह गरेबापत वरिष्ठ फिजिओथेरापिस्ट पुष्पा अधिकारीलाई अनुशासित कर्मचारीको रूपमा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |