काठमाडौँ, ५ मङ्सिर
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न कम्पनीका दुई सय ८५ कम्पनीको ३६ लाख ७५ हजार एक सय एक कित्ता शेयर ३७ हजार छ सय सात पटक खरिदबिक्री हुँदा रू ९५ करोड चार लाख ७९ हजार पाँच सय ८३ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २१ अर्ब एक करोड ८१ लाख ८७ हजार आठ सय ८० बराबर पुगेको छ ।
आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक तीन दशमलव १२ र लघुवित्त समूहको दुई दशमलव ८९ प्रतिशतले बढेको छ ।
मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव १३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने माथिल्लो मैलुङखोला लिमिटेडको शेयर मूल्य नौ दशमलव ७४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेड रू सात करोड ७८ लाख २९ हजार दुई सय ३८ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै दुई लाख नौ हजार सात सय ६० कित्ता किनबेच भएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |